आज :

राष्ट्र बैंक वित्तीय दलालको प्रभावमा, पीडितको ढाड सेक्ने दाउमाः अध्यक्ष ज्ञवाली

  • अनलाइन डबली

काठमाडौं । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले, नेपाल राष्ट्र बैंक वित्तीय दलालको प्रभावमा रहेको आरोप लगाएका छन् । त्यस्तै उनले सरकारले समितिसँग गरेको चार बुँदे सहमतिलाई आगामी मंसिर ५ गतेसम्म पूरा नगरे प्रतिक्रिया स्वरुप आन्दोलनका स्वरुपलाई नै परिवर्तन गर्ने चेतावनी दिए ।

काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै ज्ञवालीले राष्ट्र बैंक वित्तीय दलालको प्रभावमा परेकोले समितिलाई छानविनका लागि प्रतिनिधि पठाउन असहयोग गरिरहेको आरोप लगाए । ‘राष्ट्र बैंक जो हामीलाई प्रतिनिधि नपठाएर जो वार्तामा असहयोग गरिएको छ, यो भनेको वित्तीय दलालहरुको प्रभावमा राष्ट्र बैंक छ । त्यसभित्र पनि वित्तीय दलालहरु गठजोड गरेर बसिरहेका छन् । यसको ज्वलन्त उदाहरण भनेको आजसम्म पनि वार्ताको लागि प्रतिनिधि चुनेर नपठाउनु,राज्यलाई असहयोग गर्नु भनेको वित्तीय दलालहरुको मुठ्ठिमा राष्ट्र बैंक परेको छ,’ ज्ञवालीले भने ।

उनले राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीलाई छिटो प्रतिनिधि तोकेर पठाइदिन आग्रह गरे । विगत १८ महिनाबाट लघुवित्त पीडितहरुको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको दाबी गरेका ज्ञवालीले सरकारले समितिसँग गरेको ४ बुँदे सहमतिलाई पूरा गर्न खबरदारी मात्र गरेनन् माग पूरा नभए गर्दै आएको शान्तिपूर्ण आन्दोलनको स्वरुप परिवर्तन गर्ने चेतावनी दिए ।

उनले भने, ‘सरकारको वार्ता टोली र हामीसँग जुन ४ बुँदे सहमति गरेको छ,मंसिर ५ गतेसम्म हामी त्यो ४ बुँदे सहमतिलाई जेल नै जानु परेपनि, लगुवित्त क्षेत्रले मच्चाइरहेको आतंकलाई हामी सकेसम्म कानूनी रुपले समाधान गर्दै हामीसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँछौं र मंसिर ५ गतेसम्म पनि हाम्रा कुराहरु सुनिएनन् र राज्य र राजनीतिक दलहरुले वेवास्ता गरे भने त्यसको प्रतिक्रिया स्वरुप आन्दोलनको स्वरुप परिवर्तन गछौं ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal