काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । गएराति १२ बजेबाट लागु हुने गरी नेपाल आयल निगमले मूल्य बढाएको हो ।
स्वचालित मुल्य प्रणाली अनुसार भारतीय आयल निगमलबाट मुल्य बढेर आएपछि निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गर्ने निर्णय गरेको
निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।
यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
अब सार्वजनिक यातायातका भाडा समेत बढ्ने छ । मूल्य घट्दा भाडा घटाउन आनाकानी गर्ने व्यवसायीहरुले भाडा बढाउन यातायात व्यवस्था विभागलाई दवाव दिन थालेका छन् ।