काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रमा पक्राउ परी रिहा भएका सांसद सुनील शर्माले करछली गरेको पुष्टी भएको छ । ठूला करदाता कार्यालयले गरेको फुल अडिटमा कर छली गरेको पुष्टि भएको हो ।
शर्माले संचालक रहेको नोबेल मेडिकल कलेजको शेयर श्रीमति र बुबाको नाममा ट्रान्सफर गर्दा कम मूल्यांकन गरेर पास गरेको भेटिएको छ । उक्त प्रकरणमा शर्माले २३ करोड ४१ लाख भन्दा बढी कर छली गरेको अडिल रिपोर्टमा उल्लेख छ ।