Skip
आज :

हाम्रा माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौंः अध्यक्ष सिंह

  • अनलाइन डबली

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आज बानेश्वरमा प्रर्दशन गरेको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको महासंघले अपरान्ह बानेश्वरमा प्रर्दशन गरेको हो ।

प्रर्दशनका क्रममा महासंघका अध्यक्ष अध्यक्ष रवि सिंहले ‘भूक्तानी तथा सम्पूर्ण निर्माण कार्यको एक मुष्ट म्याद थप र मुल्य समायोजन, उपभोक्ता समिति खारेजलगायतका माग राखेर हामी आन्दोलित भएका छौँ ।’ उनले भने ‘यसमा उद्योग वाणिज्य महासंघलगायत सम्पूर्ण साथिहरुले प्रतिवद्धता जनाउनु भएको छ । र हाम्रो आन्दोलन हाम्रा माग पूरा नभएसम्म जारी रहन्छन् । ’

काम सक्किसक्दा पनि रकम भुक्तानी बाँकी रहेको भन्दै संघले सो रकम भुक्तानीको माग राखेको छ। साथै, संघले म्याद थप गर्नुपर्ने, मूल्य समायोजन गर्नुपर्नेलगायतका नौ बुँदे माग राखी उनीहरु आन्दोलनमा छन् ।

प्रदर्शनकारीहरूले ‘खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर’, ‘गुणस्तर र समयमै निर्माण हाम्रो प्रतिबद्धता’, ‘अव्यावहारिक माइलस्टोन खारेज गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’ लगायतका पम्प्लेट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal