 
	
सुनचाँदी भनेको व्यवसाय मात्र हैन काठमाडौं अझ भनौ यहाँका नेवारहरुको मौलिक पेशामा पर्छ, हाम्रो आफ्नै पहिचानको पनि पर्न आउँछ ।
यसलाई व्यवसायको रुपमा मात्र नलिकन प्रशिक्षणको रुपमा पनि अगाडि लानुपर्छ । ताकि भोलि यस क्षेत्रमा आउने नयाँ पुस्तालाई तालिम दिएर हामिले हाम्रो व्यवसाय सँगसंगै हाम्रो आफ्नै मौलिक पेशालाई पनि पहिचान दिनको लागि पाइला सार्नु पर्छ ।
यो कुरा आइतबार छत्रपाटी पार्टी पालेसमा काठमाडौं सुनचाँदी व्यवसायी संघंले आयोजना गरेको दस दिने मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहार आदि विभिन्न गहनामा पोते, क्रिष्टल र मोति माला बुन्ने तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुखअतिथि काठमाडौं महानगरपालिककी उपप्रमुख सुनिता डंगोलले भन्नु भयो ।
वहाँ भन्नु हुन्छ ‘वडा वडामा विभिन्न तालिम दिनय् क्रममा बजारमा के को महत्व छ, के को माग धेरै छ त्यसैलाइ ध्यानमा राखेर तालिम दिन सक्यो भने त्यसबाट अझ धेरै फाइदा लिन सक्ने कुरामा हामिले विश्वास लिएका छौं ।’
काठमाडौं महानगरपालिकाले दिने धेरै जसो तालिमहरु सीपमूलक, आयमूलक, रोजगारीमूलक सँगसंगै काठमाडौंको मौलिकतासंग पनि जोडियोस भन्ने हाम्रो उद्देश्य रहेको छ र त्यो उद्देश्य पूरा गर्नको लागि पनि आउने दिनहरुमा काठमाडौं महानगरपालिकाले सुनचाँदी व्यवसायी संघसंघ सहकार्य गरेर जाने बताउनु भयो ।
काठमाडौं सुनचाँदी व्यवसायी संघंका अध्यक्ष सुरेश शाक्यको सभापतित्वमा भएको उक्त तालिम समापन र प्रमाणपत्र वितरण कार्यक्रममा कामपाका प्रवक्ता एवं १७ वडाअध्यक्ष नविन मानन्धर, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य, नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्र अध्यक्ष महेन्द्ररत्न शाक्य विशेष अतिथिकोरुपमा आएका थिए ।
कुसुमवियालाछिस्थित संघका तालिम भवनमा भएको उक्त तालिममा चौध जाना प्रशिक्षार्थीहरुले भाग लिएका थिए  ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 बुद्धशरण शाही
बुद्धशरण शाही





