काठमाडौँ । साहारा नेशनल स्कुलले एसईई परीक्षामा सतप्रतिशत ए प्लस नतिजा ल्याएको छ । काठमाडौँको शंखमुलमा रहेको स्कुलबाट एसईई दिने विद्यार्थीहरुले सबैले ए प्लस नतिजा ल्याएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको परीक्षा नतिजा अनुसार साहाराले सतप्रतिशत ए प्लस नतिजा ल्याएको हो । विगत एक दशकदेखि संचालमा रहेको स्कुलमा विगत एक दशकदेखि नयाँ व्यवस्थापन रहेको छ ।
२०७३ सालयताका सबै परीक्षामा सतप्रतिशत राम्रो नतिजा ल्याउँदै आएको स्कुलले यस वर्ष पनि शतप्रतिशत ‘ए प्लस’ नतिजा ल्याएको ल्याएको हो ।
स्कुलका प्रधानाध्यापक देवेन्द्रविक्रम भट्टराईले सत प्रतिशत ए प्लस नतिजा ल्याएको भन्दै विद्यार्थीहरुलाई बधाई तथा धन्यवाद दिए । उनले विद्यालयको व्यवस्थापन र विद्यार्थीको लगनशिलताले यो नतिजा आएको बताए । उनले यसमा अभिभावकको पनि भूमिका राम्रो भएकै कारण यस्तो नतिजा आएको बताए ।
“प्रशासन, शिक्षकको मेहनेत र विद्यार्थी भाईवहिनीहरु लगनशिल तथा अभिभाव जिम्मेवार बनेकोले यो नतिजा आएको हो । यसमा विद्यार्थी, शिक्षक, प्रशासन र अभिभावक सबैलाई धन्यवाद दिन चाहन्छु” भट्टराईले भने । सिमित साधन स्रोतको सही ढंगबाट प्रयोग गरेर राम्रो नतिजा ल्याएको भट्टराईले बताए ।