काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डमा फेरि पहिरो गएको छ । अविरल वर्षासँगै राति बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि सडक फेरि बन्द भएको छ ।
तुइनखोला पुल नजिकै र नाम्सीमा गएको पहिरो हिजो दिनभर लगाएर पञ्छाएपछि बेलुका सडक खुलेको थियो । हिजो विहान २८ पछि खुलेको सडक फेरि बन्द भएको थियो । दिनभर पहिरो पन्छाएर सडक खुलाइएको थियो । तर फेरि पहिरो आएका कारण रातिदेखि दुबै तर्फबाट सवारी साधानहरु रोकिएका छन् ।
प्रहरीका अनुसार पहिरो पन्छाउने तयारी भइरहेको छ तर सडक कतिबेला खुल्छ भन्ने टुंगो भने छैन ।
सडक खुल्ने निश्चित नभएकोले घरबाट यात्रामा सकभर निस्कन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।