आज :

आज यी प्रदेशमा भारी वर्षा, अन्यमा चट्याङसहित हावाहुरी

  • अनलाइन डबली

काठमाडौँ । आज देशमा मौसम बदली भइरहेको छ । मनसुनी वायुको प्रभावका भारी वर्षा हुनुको साथै बाढी-पहिरोको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।

भारी वर्षा र मेघ-गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal