आज :

‘आदिपुरुष’ निर्माता कम्पनीले माफी माग्दै पठायो पत्र, सीता सम्बन्धी सन्देश नहटाएसम्म चल्न नदिने 

  • अनलाइन डबली

काठमाडौं । भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले माफी माग्दै पत्र पठाएको छ । कम्पनीले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाएको हो ।

आइतबार इमेलमार्फत पत्र पठाएर चलचित्र ‘आदिपुरुष’ मा प्रयोग भएको संवादमा सीता सम्बन्धी सन्देशले नेपालको भावनामाथि चोट पुर्याएको भए माफी माग्दै सीताको जन्मको विषयमा नभइ सम्पूर्ण भारतीय नारीहरुको स्वाभीमानलाई प्रतिनिधित्व गरेको पत्रमा भनिएको छ ।

राधा दासले हस्ताक्षर गरेको पत्रमा संसारका महिलाहरुको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको बताउँदै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न आग्रह गरिएको छ ।

पत्रमा भनिएको छ, ‘सर्वप्रथम यदि हामीले कुनै पनि विषयमा नेपालको भावनामाथि चोट पुर्याएको भए माफी चाहन्छौं, कसैको सौहाद्रतामा खलल पुर्याउने हाम्रो कुनै पनि चाहना वा नियोजित कार्य थिएन ।’

चलचित्रमा प्रभासले निभाएको चरित्र श्री राघवले बोलेको ‘आज मेरे लिए मत लड्न, उस दिन के लिए लड्ना जब भारत कि किसि बेटी पर हात डाल्ने से पेहेले दूराचारी तुमहारा पौरुष याद कर्के थ्रा उठेका’ को सम्बन्ध माता सीताको जन्मभूमिसँग सम्बन्धित नभएको तर भारतका सबै महिलाहरुको स्वाभीमानलाई जनाउने रुपमा प्रयोग गरिएको भनिएको छ ।

काठमाडौं महानरका मेयर बालेनले तीन दिनको समय दिएर उक्त विवादित सन्देश हटाउन भन्दै नभए महानगरभित्र उक्त चलचित्र प्रदर्शनमा रोक लगाउने सूचना दिएका थिए । तर, कम्पनीले उक्त सन्देश हटाउनुको साटो पत्राचार गरेर चलचित्र चल्न दिन अनुराेध गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal