
काठमाडौँ । काठमाडौँको ओमबहाल जोर गणेश स्माथित भाइले खुकुरी प्राहर गरि दाइको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका २३ ओमबहालमा स्थाई घर भएका २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको सोमबार राति हत्या गरेका हुन् ।
प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती १२ बजेतिर भएको हुन सक्ने , प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको थियो । दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको हुन सक्ने प्रहरिने भनाइ रहेको छ ।
डीएसपी रिजालका अनुसार मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरजले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको बुझिएको ।
घरको दोश्रो तल्लामा धारिलो प्रहार प्रयोग गरे लगत्तै सुरजले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए । घटनाबारे परिवारका सदस्यहरूले नजिकै रहेको प्रहरी वृत्त जनसेवालाई बिहान मात्रै जानकारी आएको हो ।
हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना घटेको स्थान रातो घेरा भित्र