Skip
आज :

काठमाडौँ महानगरको सबैभन्दा सानो वडा तर धेरै समस्या, आठ सय मिटरको बाटो तीन वर्षमा पनि बनेन

  • पदम श्रेष्ठ

काठमाडौँ । आठ सय मिटरको बाटो बनाउन तीन वर्ष भन्दा बढी लाग्दापनि बन्न सकेन किन होला भनियो भने सबैले सोच्लान कि दुर्गम सुदुर पुर्व वा सुदुर पश्चिमको विकट गाउँ होला तर होईन यो स्थान हो राजधानी काठमाडौंको मुटु नारायणहिटी राजदरवार संग्रहालय र प्रधानमन्त्री निवास वालुवाटार जोडिएको वडा काठमाडौं महानगरपालिका २ को भित्री बस्तीमा बन्दै गरिरहेको सहायक मार्ग ।
गैहीधारा गोमागणेश पेटेलपम्पदेखि ऐतिहासिक सम्पदा क्षेत्र निलसरस्वती
थान सम्मको आठसय मिटरको बाटो बनाउन यसरी बर्षौ समय लगाएपछि स्थानिय बासिन्दाहरुले आजित हुँदै जनप्रतिनिधिहरुले लख काट्न थालेका हुन् कामभन्दा नाम ठुलो भन्दै । टुकुचा नदिलाई व्यवस्थापन गर्ने भन्दै थालिएको ढल र बाटोको निर्माण लागत विवरणको बोर्ड , ठेकेदार कम्पनी , समयसिमा कुनै नराखिकनै अकस्मात विना सुचना कार्य थाल्ने र काम अलपत्र छाड्ने गर्नाले स्थानियहरु पिडित हुनुपरिरहेको बताएका हुन् । पानी पर्दा हिलो र सुख्खा हुदाँ धुलो उडेर घर पसल भित्रै वस्न नसक्ने भएपछि पटक पटक वडामा ताकेता गर्दा पनि कुनै ध्यान नदिएपछि विद्रोहको तयारी गर्नु परेको बताए । मेयर बालेन शाहले एक वर्ष भित्र थालिएका २५ वटा असल कार्यहरुमा बाटोको खाल्टाखुल्टी पुर्न मोवाईल कर्मचारी खटाएको ईन्टरनेट ,युटयुब लागयतकासञ्जाल मार्फत सार्वजनिक गर्नु भएको छ तर कामपा वडा नं २ भित्रको सहायक मार्ग हेर्दै जाने हो भने वडा भवनदेखि सरकारी धारा हुँदै निलसरस्वती स्थानसम्म , गैह«ीधारा पेट्रोल पम्पदेखि निलसरस्वतीस्थानसम्म र निलसरस्वतीस्थानदेखि खुर्सानीटार जानोस वा दिल्लीरमण रेग्मी पुस्तकालय पुग्नोस जताततै कोपरेर छाडेका अलपत्र निर्माण सामग्री मात्र देख्न सकिन्छ ।
जुन तथ्यलाई न वालेनको मोवाईन मर्मत भ्यानले देख्यो न त स्थानिय जनप्रतिनिधि वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले नै देख्यो पिडित वडाबासीहरु गुनासो पोख्छन् ।
सँखुनाको नालिबेली र बिद्याकी देवी सरस्वती
लिच्छविकालिन बस्ती शंकस्यनगरी विशालनगर हाँडिगाउँको अन्तिम सिमाना लाजिम्पाट निलसरस्वतीसहितको सम्पदाक्षेत्रलाई नेपालभाषामा सँखुना अर्थात सानो मसिनो कपाल जस्तो पवित्र नदिको बस्ती ससुमाँ भनिएको बताईन्छ । जुन वडामा राजा मानदेवकी माताको नाउँमा स्थापित धोविचौरस्थित महादेवको शिवलिङ र लाखे लक्षी विचरण गर्ने लाजिम्पाट ( लक्षिपट ) दयाश्वर महादेवसहितको सम्पदा क्षेत्र रहेका छन् । त्यसैगरी शंकस्यनगरी विशालनगरको देश रक्षार्थ स्थापित अस्तमातृका मध्ये एक स्वयतकाली , प्राचिन पुरातात्विक अस्तित्व बोकेको शिव गल्ली रहेकाछन् ।
सकोना निलसरस्वती सम्पदा क्षेत्र ने.सं.१०६ ताका कान्तिपुर बसाउँदा ठमेल ( थँवहिल माथिल्लो बुद्ध विहार ) भन्दा छुट्टै थियो । काठमाडौं नगरलाई ठँहिटी क्वाःवहालदेखि असन माछा देवतासम्म थथुपुँई,( थँहिटी) माछा देवतादेखि मखनसम्म दथुपुई , मखनदेखि मरूसत्तल (काष्ठमण्डप) सम्म लाय्कूपुँई र मरूसतःदेखि यँगालसम्म क्वथुपुँई गरी ४ एकाइमा वर्गीकृत गरिएको थियो । चार पँुर्इ भित्र १८महाविहार र शाक्यहरुको बुद्ध विहार थिए तर श्रेष्ठ प्रधानहरुको थँवहिल बुद्ध विहार लाई राजा गुणकामदेवद्धारा व्यबस्थित गर्दा कान्तिपुर भन्दा छुटटै ठमेल अर्थात थँवहिल विहार क्षेत्र र अर्को लिच्छविकालिन राज्य शंखस्यनगरी विशालनगरको अन्तिम सिमाना मानिने टुकुचा खोलाको किनारामा रहेको यो वडा मुलुकै सबैभन्दा सानो वडा मानिन्छ । जुन वडा काठमाडौं महानगरपालिका वडा नं २ स्थित विद्याकीदेवी मन्दिरले प्रख्यात यस क्षेत्रमा स्थापित निलसरस्वतीकै साधनागरी अमर बाँडाले शक्तिका उपासक शंकराचार्यलाई शास्त्रार्थमा हराईदिएको ऐतिहासिक सम्पदास्थलपनि हो ।
जुन मौलिक सम्पदास्थललाई पर्यटकियस्थलको रुपमा उत्थान गर्दै लान स्थानिय युवाहरु जुर्मुराएकै बेला वडा अध्यक्ष तथा स्थानिय जनप्रतिनिधि
हरुबाट साथ सहयोग र भरोसा नभईदिदा सडक मात्र होईन पानीका पाईप ,विजुलीका तार, निर्माण सामग्री अस्तव्यस्त अलपत्र हुँदै जानथालेपछि स्थानिय बासिन्दाले वडाध्यक्षको विरुद्ध आवाज उठाउनु परेको बताएका छन् ।
नील सरस्वती मन्दिर ः
लाजिम्पाट संखुनास्थित नीलसरस्वतीलाई मञ्जुश्रीको अर्धाङ्गीनी मानिन्छ । त्यसैले श्रीपञ्चमीका दिन स्वयम्भूको मञ्जुश्रीस्थान, भक्तपुरको ल्हासापाको,ललितपुरको लेले जस्तै लाजिम्पातको निलसरस्वतिस्थानमा पनि मेला लाग्ने गर्दछ । शखोना लिच्छवीकालिन राज्य शंखस्यनगरीको राजधानी विशालनगरबाट अन्तिम सिमाना हो । सखुनास्थित टुकुचा खोलाछेउ स्थापित नीलसरस्वतीलाई विद्याकी देवीको रुपमा पुजिन्छ । गुम्बजाकार शैलीको मन्दिर १४औं शताब्दीमा निर्मित हो । मन्दिर भित्र कलात्मक निलसरस्वतीको ढुङगे मुर्ति छन् । जहाँ प्रत्येक वर्ष अक्षराम्भ र शिक्षा सफलताको लागि पुजा,दर्शन हुने गर्दछ । विद्यार्थीहरु परीक्षा दिनु अघि परिक्षामा सफलताको कामना गर्दै सरस्वती माताको भाकल गर्न पुग्ने गर्दछ भने नयाँ काम सिक्दा वा बिदेश जादाँ आउँदापनि भक्तजनहरु पुग्ने गर्दछन् याहाँ तर मन्दिर वरीपरि सामुदायिक प्रहरी विट अलपत्र ,मृत्यु कर्ममा कृयापुत्री बस्ने कोठाहरु फोहर भत्कीएको अवस्थामा देख्न सकिन्छ ।
धोवीचौरस्थित मानदेवकालीन महादेव ः
नीलसरस्वती नजिकै धोवीचौरस्थित लिच्छवीकालीन महादेव मन्दिर पनि एक हो । लुगा सुकाउने चौर बीच शिव लिङको पादपीठमा उल्लेखित सम्बत् ३८९ र ३९० ले यस क्षेत्रको पुरातात्विलाई उजागर गरेको छ । मन्दिर राजा मानदेवले आफ्नी आमाको इच्छामुताविक निर्माण गर्न लगाएकोभनाईछ । जहाँ लुगा धुने ढुंगेधारा र शिलारुपि चामुण्डा अजिंमा लिच्छवीकालिन अष्टमातृका मध्ये एक मानिन्छ ।
दयाश्वर महादेवस्थल
लाजिम्पाटको सात्विक अर्थ लाखे लछी अर्थात दुस्तआत्मा विचरण गरी हिडने ठाउँ हो । लछिपटनै नेपालभाषामा अपभ्रंस भई लाजिम्पाट भन्न थालियो । यहि दुस्तआत्मालाई दवाउन स्थापित शिवस्थल हो, दयाश्वर महादेव । आधा रोपनीको क्षत्रफल भित्र चर्चिएको देवस्थल लिच्छविकालिन भएतापनि मल्लकालमा संरक्षित भएको विश्वास गरिन्छ । मन्दिर भित्र भोज भतेर गर्ने फल्चापाटी ,भजनघर, यज्ञस्थल,कुण्ड ,सप्तर्षि,गणेश,बुद्धका मुर्ति सहित तिर्थस्थलका रुपमा छ भने प्रत्येक वर्षको शिवरात्री,तीज,साउने सोमबार आदि चाडपर्वमा याहाँ भक्तजनको ठुलो मेला लाग्ने गर्दछ ।
श्वेतकाली भगवती मन्दिर
लिच्छविकालमै स्थापित अष्टमातृका पिठहरु नक्साल भगवती,
टुँडालदेवी,भाटभटेनी,मैतीदेवी भनिए जस्तै निल सरस्वतीनजिकका श्वेतकाली चामुण्डपनि हो । भुईतले मन्दिर भित्र सादाढुंगा पुजिन्छ भने हाडिगाउँको गहना खोज्ने जात्रामा श्वेतकाली खट जात्रा ज्यापु हुदै आईरहेको छ ।
रानीबारी पोर्पा अजिमाः
लाजिम्पाट रानीबारी ज्यापु जातिको अजिमास्थल मानिन्छ । थुम्कोमाथि रानीदेवी मन्दिर छ । राजाहरूकोसमेत देवाली हुने रानीदेवी सामाखुशी नदी किनारमा छ । जुन जंगलमा विवाह,ब्रतबन्धआदि र पिकनिक हुन्छ भने याहाँ आश्विन महिनामा ज्यापु समुदायबाट क्षमापुजा गर्ने परम्परा छ । तर मोर्पा अजिमा रानीवारी २ वडा भित्र नपरे पनि वडाबासी ज्यापु समुदायको यो सम्पदास्थल नै हो ।
सँखोना सम्पदालाई ब्यापक बनाउने अवको मार्ग
विद्याकी देवी सरस्वती रहेको वडा भित्रको सम्पदा व्यवस्थापनमा वडाका जनप्रतिनिधिहरुकै हेलचक्राईको कारण दिनपरदिन अस्तव्यस्ट छरपष्टको स्थितिमा विग्रदै गईरहेको स्थानियहरुको गुनासो छ ।
जुन सम्पदालाई ठमेल , हाँडीगाउँ जस्तै छुट्टै सम्पदा क्षेत्रको रुपमा विकास गर्न स्थानिय युवा जमात चाहन्छन् तर बर्तमान वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आफ्नो घोषणा पत्रमा प्रतिवद्धता जनाएको बृक्षारोपण सहित बडामा हरीयाली गर्ने , शिक्षाकी देवी सरस्वती मन्दिरलाई केन्द्रित गरी आधुनिक लाईब्रेरी निर्माण गर्ने र खेलकुदको विकास गर्ने ,बेरोजगार युवा जमातलाई लोक सेवा तथा अन्य रोजगार मुलक तालिम दिने भनिएको कार्ययोजना पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालकोपनि एक वर्ष वितिसक्दापनि प्रस्ताव लिएर वडामा जाँदापनि बेवास्था गर्ने ,उल्टै नगरपालिकाको वजेटबाट बनिरहेको वडा भित्रका सम्पदा र मार्गहरु कति लागतमा बन्न लागेको हो कुन ठेकेदार कम्पनीले कति समयमा बनाउन लागेको हो भन्ने समेत जानकारी गराउने सुचना बोर्ड नराखि बर्षौ निर्माणको नाउँका अलपत्र बनाएपछि वडाबासीहरुले आपत्ति जनाएका हुन् ।
यस सम्वन्धमा जनगुनासो बुझ्न जाँदा वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आफुसंग कुनै योजना नरहेको आफुले केहिपनि गर्न नसक्ने भन्दै पदिय जिम्मेवारी विपरित जवाफ फर्काउनुभएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal