आज :

पशुपतिका कपाली आन्दोलित

  • पदम श्रेष्ठ

 

काठमाडौँ-  आदिकालदेखि पशुपतिनाथलाई प्रत्येक पुर्णीमाको दिन उत्तर कीर्तिभिमुख भैरबमा पञ्चवली ( राँगा,हाँस ,कुखुरा ,बोका ,भेडा ) वली सहित आठ पाथी , आठ मुठी ,आठ चिम्ती चामलको भात अर्पण गर्दा गर्भ छेदन गर्ने परम्परा धान्दै आएका कुश्ले समुदायलाई सो परम्पराबाट विस्तापित पारिएको छ ।
महाभोग प्रसादमा राखिएको सुनको सानो हात्तीको मुर्ती निकालेर प्रसादलाई शुद्ध गर्ने कुश्ले समुदायलाई सो परम्परा धानेवापत कीर्तिभिमुख भैरब निरको अर्धनारेश्वर , नवग्रह , बासुकी ,हनुमान ,कपालेश्वरलगायतका मन्दिरमा पुजाको लागि पालो बस्ने प्रचलन रहेको थियो ।
साथै त्रिकाल (–दिनको तीन प्रहर ) मुहाली बजाउने पनि कुश्ले समुदायकै जिम्मामा थियो ।
सो परम्परा पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्यसचिव डा. गोविन्द टण्डनको कार्यकालसम्म कपाली समुदायका थकाली शिव कपालीले गर्दै आईरहनुभएको थियो तर उहाँकै पालादेखि कोषले अनेक बहानाबाट भाँजो हाल्ने असम्बन्धीतलाई नाथको परम्परामाथि हस्तक्षप गराउने गरेपछि पाशुपत सभ्यतासँग सम्वन्धित आदिवासी नेवारहरु आन्दोलित भएका छन् ।
हाल आएर कीर्तिभिमुख भैरब नेरको फल्चापाटीमा कापलिक साधनागरी भक्तजनलाई प्रसाद दिने कार्यपनि बन्द गराएपछि सो कार्यको विरोध स्वरुप शिव कपालीका छोरी नातिनीहरुले सँगठित विरोध थालेका छन् । पाशुपत क्षेत्रमा ९ जातका नेवारहरुले ९ वटै नाथको कार्यमा जिम्मेवारी वहन गर्दै आईरहेको छ । जसअनुसार
भण्डारीले भट्ट व्राह्मणको पुजा कार्यमा हरेक तरहबाट सहयोग गर्ने
विशेतले नाथको हिसाव किताब राख्ने , बैद्यले मृत्युन्मुख विरामीलाई आर्यघाट तटमा उपचार गर्ने ,
ज्यापुले जात्रा पर्व चलाउने खट बोक्ने ,खडगीले किर्तिभिमुख भैरवको पुजारी बस्ने र
नाथको सेवामा बली दिने जिम्मा लिएका हुन्छन् ।
त्यसैगरी वैदिक ब्राह्मण राजोपाध्यायले दक्षीरात्य भट्ट ब्राह्मणलाई दिक्षा दिने र
उन्मत्त भैरबको पुजारी रहन्छन् भने देवी पिठमा कर्माचार्य पुजारी ,
शाक्य बज्राचार्यहरु पाशुपत विहार रहेदेखिकै सम्वन्धित रहेजस्तै
नाथ सम्प्रदायका कापलिकहरुले देवताको पुजामा त्रिकाल मुहाली बाजा बजाउने ,
महाभोगको गर्भ छेडन गर्ने र पाशुपत क्षेत्रभित्रकै नवग्रह ,कापिलेश्वरलगायतका ७ वटा देवस्थलहरुमा पाला बस्ने परम्परा रहदैआईरहेको छ
तर कोषले सम्वन्धित ९ थरे नेवार समुदायलाई समेत छलफल नगरी कीर्तिभिमुख भैरब नजिकको कुश्ले पाटीमा पुजारी बसिरहेकालाई प्रमाण केहि नभएको भन्दै एक्कासी प्रहरी लगाएर हटाएपछि कपाली समुदायका थकाली शिव कपालीले आपत्ती जनाएका हुन् । कोषलाई पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले लेख्नुभएको पुस्तकमा उल्लेखित महाभोग लगायतको प्रमाणको फोटोकपि सहित जवाफ बुझाएकै दिन हामीलाई पुजारीबाट हटाउने कार्य भएको भन्दै थकाली शिव कपालीकी छोरी सोचित कपाली लामाले आपत्ति जनाउनुभयो । उहाँ भन्नुहुन्छ , ज्यापुको धिमेय् , शाक्य बज्राचार्य ,उदासको गुँला नेकु बाजा भनिए जस्तै कपाली समुदायद्धारा शिव पुजनमा मुहाली सहितको पञ्च बाजा र तान्त्रीक साधना गर्ने बेलामा मानिसको खप्परमा साधना गरी मान्छेको नलि खुट्टाको हडडी बजाएर मसान साधना गर्ने गरिन्छ । प्रत्येक बर्ष जुगी साधक कपाली समुदायका ब्यक्तिले शिवरात्रीका बेला महादेवको भेषधारण गरी घरघर भिक्षाटन गर्न जाँदा डमरु बजाएर जाने मौलिक परम्परा छ भने नाथको सेवामा हाम्रा पुर्खाहरुले लिच्छविकालदेखिनै यहि फल्चा पाटीमा रहदै बस्तै कापलिक साधना गर्दै आईरहेका थिए । पहिले पहिले भए राज्यले नै कापलिक साधनाका लागि आवश्यक व्यवस्था गरिदिन्थे । राणा र शाहकालमा समेत हामीलाई कुश्ले परम्परालाई निरन्तरता दिन लालमोहर गरेर दिएको छ । राजा त्रिभुवनको राज्यकाल ९० सालको भुकम्प अघि राणा सरकारबाट कुश्ले परम्परालाई निरन्तरता दिन लालमोहर गरी दिएको प्रमाण रहेको सोचित कपालीले बताउनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal