एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बिहीबार रिहा भएका छन् ।
गत मंगलबार उहालाई इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो । प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको पाकिस्तानको सर्वोच्च अदालतमा ३ जना न्यायाधीशको संयुक्त इजलासले पुर्व प्रधानमन्त्री खानको गिरफ्तारीलाई अमान्य र कानूनसम्मत नभएको बताए संगै बिहिबार रिहा गर्न आदेश जारी गरेको थियो । ।
रिहा भएपछि उहाँ शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएको छ ।
आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्न समेत आदेश दिएको छ ।
पूर्वप्रधानमन्त्री खानले अदालतमा आफूलाई इस्लामावाद भन्दा बाहिर रहेको आफ्नो फार्म हाउसमा फर्किनका लागि स्वीकृति दिन आग्रह गरे तापनि खान सर्वोच्च अदालतको हिरासतमा रहने र आफ्ना नजिकका आफन्तहरूसँग मात्र भेट्न सक्ने खानका वकिल बाबर अवानले बताए ।
पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि पाकिस्तानका विभिन्न शहरहरूमा प्रदर्शन चर्किएको थियो ।
अल कादिर ट्रस्ट प्रकरणमा नेसनल अकाउन्टिबिलिटी ब्युरोले उनलाई गएको मंगलबार गिरफ्तारी गरेको थियो ।