काठमाडौँ । पुर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ। काठमाडौं परिसरको टोली आज मंगलबार रायमाझीको घरमा खानतलासी गर्न पुगेको हो।
नक्कली शरणार्थी प्रकरणमा फरार रहेका रायमाझीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो।
प्रहरीले अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा मुछिएका मध्य रायमाझिका छोरा सन्दीप सहित ८ जनालाई पक्राउ गरि सकेको छ।