काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामबाद उच्च अदालत बाहिर मंगलबार उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन्। इस्लामबादका आइजीले यसको पुष्टि गर्दै अलकादिर ट्रस्ट मुद्दामा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्। यससँगै इस्लामबाद प्रहरीले सम्भावित बिरोध प्रदसन लगाएत गतिविधि रोक्न धारा १४४ जारी गरेको छ। यसको उल्लंघन गरे कारबाही गर्ने प्रहरीले जनाएको छ।
पाकिस्तान तहरीक-ए-इन्साफ( पीटीआई ) ले पूर्वप्रधानमन्त्री खानलाई अदालत परिसरबाट जबर्जस्ति अपहरण गरेको आरोप लगाएको छ। सो पार्टीका प्रभावसाली नेता फवाद चौधरीले पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गर्नुका साथै उनका वकिल र समर्थनमा रहेका सर्वसाधारणलाई समेत यातना दिएको बताए। तत्काल अदालतमा पेस गर्नु पर्ने उनले जिकिर गरेका छन् ।