आज :

बेलायतका राजा चाल्र्स तृतीयको आज राज्याभिषेक तथा राजमुकुट पहिरिने, विश्वका नेताहरु सहभागी

  • अनलाइन डबली

काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयले आज राज्याभिषेक तथा राजमुकुट पहिरिने भएका छन् । राज्याभिषेक तथा राजमुकुट पहिरिन लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहको आयोजना गरिएको छ ।

समारोहमा विश्वका नेताहरु, राजपरिवारका सदस्यसहित झण्डै दुई हजार पाहुना सहभागी हुँदैछन् । समारोहमा राजा चार्ल्स तथा उहाँकी पत्नी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइने छ । २ दशमलव २३ किलो तौलको सुन र हीरा जवाहरात जडित श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् । राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले राज्याभिषेकमा पहिरिएकी थिइन् ।

बकिङ्घम दरबारबाट सवारी यात्रा सुरु हुनेछ । झण्डै दुई घण्टाको समारोह विभिन्न चरणमा हुनेछ । समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण गर्ने कार्यक्रम छ । राजतन्त्रको विरोध गर्नेहरूको अवरोधलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ ।

बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गएको सेप्टेम्बरमा निधन भएपछि उनका छोरा ७३ वर्षका चार्ल्सले राज्यारोहण गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal