काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस्’ भन्दै नेपाल पत्रकार महासंघको अगुवाईमा विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
सन् १९९३ मा संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले उक्त घोषणापत्र जारी गरेको दिनको सम्झनामा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
युनेस्कोले यसको नारा ‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ ।
नेपाल पत्रकार महासंघले आज प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।


अनलाइन डबली

