काठमाडौँ ।पृथ्वी राजमार्गअन्तर्गत धार्केको गणेशखोलाको पुल भासिएपछि सोमबार दिउसो अवरुद्द सडक १८ घण्टा पछी एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार मंगलबार बिहान १० बजेदेखि एकतर्फी सवारी खुलाइएको हो ।