काठमाडौं । पटक पटक गोली काण्ड हुँदै आएको अमेरिकाको टेक्सासमा फेरि एक बन्धुकधारीले अन्धाधुन्द गोली चलाएका छन् । बन्दुकधारीले होन्डुरसका नागरिकमाथि गोली चलाएको बीबीसीले जनाएको छ ।
गोलीबाट ८ वर्षीय बालकसहित ५जनाको ज्यान गएको छ भने शवमुनिबाट दुई जना बालबालिकालाई सकुशल उद्दार गरिएको छ । गोली चलाउने मेक्सिकोका नागरिक भएको स्थानीय प्रहरीले जनाएको छ । उनीसँग अर्ध–स्वचालित राइफल रहेको बताएएकाे छ ।
गोली चलाउने व्यक्ति प्रकाउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
केही दिनअघि मात्रै टेक्सासमै एक भोजका क्रममा गोली चल्दा ९ जनाको ज्यान गएको थियो ।