आज :

उपचुनावः तनहुँमा वाग्ले विजयी, रविको पनि जित पक्का, बारामा उपेन्द्रको अग्रता कायमै

  • अनलाइन डबली

काठमाडौं । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्रपाकी शोभा गुरुङले २१८, नागरिक उन्मुक्ति पार्टीका भीम बहादुर सुनारले ९९, नेमकिपाका राम प्रसाद प्रजापतिले ३१, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापाले १६६, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले ८७ र नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाएका छन् ।

चितवन-२ मा पनि रवि लामिछानेले जित्ने पक्का भएको छ । पछिल्लो मत परिणाम अनुसार रविले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन् ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन् । मतान्तर हेर्दा रविको जित पक्का देखिन्छ ।

त्यसैगरी बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले ११ हजार मत पाएका छन् ।

यादवलाई जनमतका शिवचन्द्र प्रसाद कुशवाले पछ्याइरहेका छन् । कुशवाले ७ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal