आज :

पाल्पाको जारधारामा दुर्घटनाः बस भिरमा अड्कियाे, एक जनाको मृत्यु र १८ घाइते

  • अनलाइन डबली

बुटवल । पाल्पामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा भएको दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।

बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस आइतबार विहान सबा ९ बजे दुर्घटना भएको पाल्पा प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । घाइतेमध्ये धेरैका अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अहिले बस भीरमा अड्किएको अवस्थामा अन्य यात्रुको उद्धार भइरहेको छ।

उद्धार कार्य भइरहेका हुँदा थप विवरण आउन सकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal