आज :

प्रधानन्यायाधीशका सुरक्षा गार्डले माओवादी नेता वर्षमानकी आमामाथि गोली चलाए…

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकी आमामाथि गोली चलाउने कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिएका प्रहरी हवल्दार प्रकाश पुन मगर भएको खुलेको छ ।

बालुवाटारस्थित घरमा एराति साढे ९ बजे पुनकी आमा ७४ वर्षीय तीर्थमालीमाथि गोली चलाएका थिए । उनको खुट्टामा गोली लागेको छ । तीर्थमाताको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गोली चलाउने प्रकाशलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाश नेता पुनकै नातेदार भएको बताइएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने सुरक्षाकर्मी हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal