आज :

एकीकृत समाजवादीको पनि माओवादीको जस्तै निर्णय, कार्यकर्तासँग भेट्न मन्त्रीहरु कार्यालया पुग्ने 

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पनि कार्यकर्तालाई भेट्न म‍न्त्रीहरु पार्टी कार्यालय पुग्न पर्ने निर्णय गरेको छ । सरकारमा रहेका मन्त्रीलाई भेट्न नपाएको नेता तथा कार्यकर्ताले गुनासो बढेपछि सो निर्णय गरेको हो ।

यसअघि नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीसहित मन्त्रीहरुले नेता कार्यकर्ता भेट्न केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्ने निर्णय गरेको थियो । त्यसको केही घण्टापछि एकीकृत समाजवादीले पनि सो निर्णय गरेको हो ।

एकीकृत समाजवादीले आइतबार र बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल तथा सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट्ने समय मिलाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal