आज :

को हुन् युक्रेन युद्धसम्बन्धी अमेरिकी गोप्य दस्तावेज सार्वजनिक गर्ने ज्याक टेइसेइरा ?

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालयका अति गोप्य दस्तावेज अमेरिकी एयर फोर्स नेश्नल गार्डका सदस्यले सार्वजनिक गरेको बताइएको छ । युक्रेन युद्धसँग सम्बन्धीत उक्त दस्तावेज ज्याक टेइसेइराले लिक गरेको भन्दै पक्राउ गरिएको छ ।

ज्याक अमेरिकी सुरक्षा फौजकै सदस्य रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । २१ वर्षीय ज्याकलाई हिरासतमा राखिएको छ । उनलाई सुरक्षाकर्मीले घरबाटै पक्राउ गरी अदालतसँग हिरासतमा राख्न अनुमति मागेको छ । बोस्टनभन्दा दक्षिणतर्फ पर्ने डाइटन नगरस्थित आफ्नो घरबाट प्रहरीले टेइसेइरालाई पक्राउ गरेको हो ।

गोप्य भनिएको उक्त दस्तावेज पहिलो पटक सार्वजनिक उनले नै अनलाइनमा गरेका थिए । उनी गेमिङ समूहको नेता भएको रहेको बताइएको छ । उनले जो वेस्टर्न केप कडस्थित ओटिस एयर नेश्नल गार्डका बेसमा काम गर्दै आएका थिए । उनी गुप्तचरी शाखाका सदस्य समेत रहेको बताइएको छ ।

टेइसेइराको औपचारिक पद साइबर ट्रान्सपोर्ट सिस्टम्स जर्नीम्यान रहेको छ । उनी कनिष्ठ पदको एयरम्यान फस्ट क्लास ओहदाका सदस्य रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार टेइसेइराले सन् २०१९ मा उक्त सैन्य बलमा संलग्न भएका थिए ।

अमेरिकी अधिकारीहरूका अनुसार उनलाई जासुसी सम्बन्धी कानुनका आधारमा अभियोग चलाइनेछ जसले गोप्य रक्षा सूचना चुहाउनुलाई अपराधका रूपमा हेर्छ । टेइसेइरा सबै आरोपहरूमा दोषी ठहर भएमा उनलाई १५ वर्ष लामो जेल सजाय हुन सक्छ ।

अमेरिकी कानुनअनुसार दस्तावेजहरू आफूसँग राखेको ठहर भए १० वर्षको जेल सजाय भोग्ने छन् । त्यस्तै ओसारपसारको आरोप पुष्टि भएको खण्डमा थप ५ वर्ष जेल सजाय हुनेछ । युक्रेन युद्धबारे चुहिएका झन्डै १०० वटा गोप्य अमेरिकी दस्तावेज छन् ।

टेइसेइराले कसरी गोप्य दस्तावेज हात पारे ?

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडिअर जेनरल पट राइडरले नियतवशको फौजदारी कार्य भएको बताए । उनले अमेरिकी सेनाभर, सैनिकहरूलाई कम उमेरमै धेरै जिम्मेवारीका लागि विश्वास गरिने गरेको बताए ।

दस्तावेज सन्देश पठाउने प्ल्याटफर्म ‘डिस्कर्ड’देखि ‘फोरचान’ र टेलिग्राममा सार्वजनिक भएको इन्भेस्टिगेटिभ ओपन सोर्स इन्टेलिजन्स ग्रुपका एरिक टोलरले बताए । टोलरका अनुसार अझै यो सुरुमा कहाँबाट चुहियो भनेर थाहा पाउन सम्भव भएको छैन ।

अमेरिकी गोप्य दस्तावेज मार्च महिनाको सुरुमा गेमर्सहरूमाझ लोकप्रिय सन्देश प्ल्याटफर्ममा चुहिएका सूचनाहरू देखा पर्न थालेका थिए । युक्रेन युद्धबारेको बहसपछि मार्च ४ मा डिस्कर्डको सर्भरमा धेरै देखा परेका कम्प्युटर गेम ‘माइनक्राफ्ट’का प्लेअरहरूमध्ये एक जनाले “यहाँ केही चुहिएका दस्तावेजहरू छन्” भन्दै १० वटा दस्तावेज राखेका थिए ।

के भन्छन् उनका स्कूले साथी ?

समाचार संस्था रोयटर्सका अनुसार टेइसेइरासँगै विद्यालयमा पढेका २२ वर्षीय इडी सोउजाले टेइसेइरा दस्तावेज लिकको आरोपमा पक्राउ परेपछि आफू आश्चर्यचकित भएको बताए । उनले समस्या उत्पन्न गराउने नभई राम्रा मानिस हुन्, एकदम शान्त व्यक्ति भएको बताए । उनले “त्यो भूलवस बालबालिकाले गर्ने गल्तीजस्तो छ” भने ।

लिक भएको गोप्य दस्तावेजमा 

युक्रेन घटनाबाट रुस र युक्रेनको क्षति र अन्य देशको भूमिका पनि समावेश छ । अमेरिकाले अन्य देशमाथि निगरानी गरिरहेको दस्तावेजमा उल्लेख छ । यसले अमेरिकाको सहयोग देशहरुसँगको सम्बन्ध पनि चिसिएको छ ।

डबलीले युक्रेनमा बेलायतसहित अन्य देशका विशेष सेनाहरु युद्ध लडिरहेको बताउँदै आएको कुरा पनि दस्तावेजमा उल्लेख छ ।

विकिलिक्सका संस्थापक जुलियन असान्ज पछि अमेरिकी गोप्य दस्तावेज पहिलो पटक सार्वजनिक भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal