काठमाडौं । दुई करोड घुस मागेको अडियो टेप प्रकरण मुछिएका रवि लामिछानेको पार्टीका सांसद ढाकाकुरमा श्रेष्ठलाई कारवाही गरिएको छ । उनलाई रास्वपाले सदस्यबाट निष्काशन गरेपछि उनको सांसद पद स्वतः खारेज भएको छ । रास्वपाले उक्त पदमा अर्को व्यक्तिलाई नियुक्तिको प्रक्रिया समेत अघि बढाइसकेको जनाएको छ ।
उक्त प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गम्भीरतापूर्वक हेरिरहेको बताइएको छ । उक्त प्रकरणमाथि अख्तियारले छानविन सुरु गरेको स्रोतको दाबी छ ।
भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ मा राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले …रिसवत लिएमा वा लिन मन्जुर गरेमा …कैद र बिगोबमोजिम जरिबाना हुने उल्लेख गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेकर्ड गरिएको आवाजको परीक्षण गर्ने र पुष्टि भएपछि थप अनुसन्धान गर्न सक्ने बताइन्छ। सजाय हुने कसुर गर्न दुरुत्साहन दिने व्यक्तिलाई अन्य व्यक्तिलाई राष्ट्रसेवकभन्दा आधा सजाय हुने व्यवस्था कानुनी व्यवस्था छ।
उक्त व्यवस्थाका कारण सार्वजनिक ओहदामा नरहेका व्यक्ति पनि दण्डित हुन सक्छन् । यही व्यवस्थाका कारण ढाकाकुमारको अडियो टेप प्रकण पुष्टी भए प्रसाईलाई पनि कारवाही हुन सक्ने देखिन्छ । तर, ढाकाकुमारकको भन्दा आधा सजाय हुन सक्छ।


अनलाइन डबली




