काठमाडौं । सरकार र मिटर ब्याज पीडितबीच आज वार्ता हुँदैछ । सरकारले गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको वार्ता समिति बनाएको थियो । उक्त सरकारी वार्ता टोली र पीडितबीच आइतबार छलफल भएको थियो ।
मागबारे सामान्य जानकारी गराएको पीडितले बताएका छन् । किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आज सरकारसँग वार्ता हुन लागेको संचारमाध्यमलाई जानकारी दिएका छन् ।
समितिले मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रिपरिदषको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे माग रहेको सरकारी वार्ता टोलीलाई जानकारी गराएको थियो ।
आइतबार मागबारे सामान्य छलफल भएको र आज गम्भीर वार्ता हुने समितिले जनाएको छ । सरकारले आफूहरुका मागबारे निर्णय नलिए आन्दोलन थप चर्काउने समितिले जनाएको छ ।