आज :

ट्रम्प अदालतमा जाँदै, समर्थक सडक निस्किएपछि हजारौं सुरक्षाकर्मी परिचालन 

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौं समर्थक सडकमा निस्किने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । ट्रम्प आज आफूमाथि लागेको फौजदारी अभियोगबारे जवाफ दिन अदालतमा उपस्थित हुन लागेका हुन् ।

ट्रम्पमाथि पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप छन् ।

अदालतले फौजदारी अभिय‍ोगको लागि प्रमाण पुगेको बताएको थियो ।

ट्रम्प हिजै फ्लोरिडाबाट न्यूयोर्क पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ट्रम्प टावरलाई प्रहरीले घेराउ गरेको छ ।

ट्रम्पका समर्थकहरुले प्रदर्शनमा उत्रिएपछि न्यूयोर्क, म्यानहटनलगायतका स्थानमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । साथै अदालत वरपरका सडक पनि बन्द गराएर सुरक्षाकर्मी तैनाथ गरिएको छ । सामाजिक सन्जालहरुमा पनि कडा निगरानी गरिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

ट्रम्प फौजदारी अभियोगमा अदालत पुग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal