आज :

राष्ट्रिय वाणिज्य बैंकद्वारा ५४ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट बागमती र गण्डकी प्रदेशकालागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई सोमबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिष्पर्धामा सफलता हासिल गर्न नसकिने हुँदा यो दुईहप्ताको तालिमबाट प्राप्त हुने व्यवहारिक ज्ञानले कार्यस्थलमा नागरिकलाई सेवा दिन सहयोग पुगि संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताए । उनले अन्य प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी पुरानो बैंक नयाँ कर्मचारीले युक्त हुने समेत बताए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउदैं ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताइन् । उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले आजकाल प्रविधिको प्रयोग मार्फत जोखिम बढिरहेकाले ग्राहकलाई सचेत भएर डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्न सिकाउनुपर्ने बताए ।

त्यसैगरी मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराए । कार्यक्रममा बैंकका विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी., मानव संशाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, QR Code सेवा, (POS (Point of Sale) सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने USSD मोवाईल बैंकिङ्गका सेवाहरु समेत संचालनमा रहेका छन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal