Skip
आज :

सेतो मच्छिन्द्रनाथको रथ तान्ने जात्राः आज असनदेखि बसन्तपुरसम्म यात्रा

  • अनलाइन डबली

काठमाडौं । सेतो मच्छिन्द्रनाथकाे रथ तान्ने जात्राको आज दोस्रो दिन । चैते दशैंको दिनदेखि रथ तान्न सुरु गरिएको हो ।तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर तान्ने गरिएको छ ।

हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने विश्वास छ । रथ दोस्रो दिन आज असनबाट वसन्तपुरमा रहेकाे कालभैरवअघि लगिन्छ । बेलुका ५ बजेदेखि असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ ।

सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिका अनुसार तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । भोलि दिउँसो ४ बजेदेखि हनुमानढोका, चिङ्कमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ ।

त्यस्तै, पर्सि बेलुका लगन आमा रुख परिक्रमा, चैत १९ गते बेलुका लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिती भीमसेन थान, मरु, यट्खा, नरदेवि, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको छ ।

लगनमा सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । काठमाण्डौमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा हुन्छ।

हिजो राति राष्ट्रपति रामचन्द्र पौडेलले मच्छिन्द्रनाथको रथको दर्शन गरेका छन् । राति ९ बजे असन पुगेर पौडेलले दर्शन गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal