आज :

नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गरिने

  • बुद्धशरण शाही

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताउनुभएको छ ।

विश्व नेवार दिवसको अवसर पारेर शनिबार काठमाडौंको बसन्तपुरमा   ‘ सांस्कृतिक प्रवर्द्धनको लागि हलि नेवाः दिवस ‘ भन्ने नारा सहित आयोजित एक कार्यक्रममा बोल्दै उहाँले  नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले नेवार जातिको अध्ययन/अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने र सो प्रतिष्ठान सिंगो नेपालकै लागि हुने पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले नेवार समुदाय विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायभित्र पर्ने उल्लेख गर्दै त्यो नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउनु भयो ।  नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउने काम पनि आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गराउनु भयो ।

प्रधानमन्त्री दाहालले नेवार समूदाय विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदाय भित्र पर्ने उल्लेख गर्दै त्यो नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउनुभयो ।

उहाँले उत्पीडित जाति र समूदायको उत्थानका लागि संविधान संशोधन गर्दै अघि बढनुपर्ने पनि दोहोर्याउनु भयो ।

वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा हरेक मार्च महिनाको अन्तिम शनिवार विश्व नेवाः दिवस मनाउने निर्णय अनुसार शनिबार  विभिन्न देशमा रहेका नेवार सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरेर छैटाैँ विश्व नेवाः दिवस मनाउँदैछन् ।

नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रीयकरण गर्न दिवस मनाउन थालिएको हो । काठमाण्डाै उपत्यका मूल थलो भएका नेवार समुदाय एउटा मूलवासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालमा सबैभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा छन् ।

न्यायसेवामा समर्पित गर्नु भएका पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठ , सशस्त्र प्रहरी बलका पूर्वआईजीपी सिंह बहादुर श्रेष्ठ ,नेपाली पहिलो चलचित्र अभिनेत्री चैत्यदेवी सिंह , बरिष्ठ समाजसेवी सुवर्णकेशरी चित्रकार , वरिष्ठ संस्कृतिविद् / इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धर , वरिष्ठ हस्तकला कलाकार चिनकाजी ताम्राकार , उद्योगी / व्यवसायी रुपज्योति कसाः , वरिष्ठ पत्रकार नातिकाजी महर्जन , वरिष्ठ गणितज्ञ ज्योतिष देवनारायण महर्जन , अन्तर्राष्ट्रिय कुस्ति खेलाडी लेडी ड्रागन मुना श्रेष्ठ , वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य , वरिष्ठ साहित्यकार मथुरा सायूमि र वरिष्ठ कूटनीतिज्ञ पूर्वराजदूत केदारभक्त माथेमाका साथै कास्की नेवाः खलः ( कास्की नेवार समाज ) लाइ सम्मान गरिएको   थियो ।

फोटो – बुद्धशरण शाही

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal