एजेन्सी । चीनले पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेकाे छ ।
चरम मूल्य वृद्धि र आर्थिक संकटबात गुज्रीरहेको संगै वैदेशिक मुद्रा संचिति घटेपछि चीनले पाकिस्तानकाे संकट समाधान गर्नका लागि १ वर्षका लागि २ अर्ब डलर सहयोग गरेको हो ।
टाईम्स अफ इण्डियाले जनाए अनुसार ऋण नभनिएको सोही रकम पाकिस्तानको केन्द्रीय बैकमा जम्मा गरिएको छ । चीनले दिएको यो सहयोगले पाकिस्तानले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेकाे छ ।
यसै गरि पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरेको बिभिन्न संचार मध्यममा आएता पनि रकम र समयको भने टुंगाे लागिसकेको छैन । अर्थतन्त्र संकटबाट गुज्रिरहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाई भएको छ।