काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई हराएको छ । बंगलादेशको ढाकामा भएको १७ वर्षमुनिको महिला खेलमा नेपालले भुटानलाई ५–० गोलले हराएको हो ।
नेपालले भुटानलाई हराएसँगै २ खेलमा ३ अङ्क जोडेको छ । नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ तथा दीपा रोकायाले एक गोल गरिन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो ।
भारतसँग पराजित भएपनि बंगलादेशसँगको खेलमा नेपालले उत्कृष्ट खेल खेलेको छ ।
पहिलो खेलमा भुटान बङ्लादेशसँग ८–१ गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक बङ्लादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । अब नेपालले तेस्रो खेल आइतवार रुससँग खेल्नेछ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।