
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तारको गृहकार्य सुरु गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेसँगै प्रचण्डले मन्त्रिमण्डल पूर्णता दिने गृहकार्य सुरु गरेका हुन् ।
नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेसँगै मन्त्रिमण्डले पूर्णता पाउन सकेको थिएन । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन आचारसंहिता तथा विश्वसको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तारलाई पूर्णाता दिने प्रधानमन्त्रीले बताउँदै आएका थिए ।
विश्वासको मत प्राप्त गरेपछि संसद बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले अबको चार दिनभित्र सरकारलाई पूर्णता दिने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग विहानैबाट छलफल सुरु गरेका छन् ।
नेपाली काँग्रेसले अर्थ मन्त्रालयमा दाबी गरेको छ भने समाजवादीले गृहमा दाबी गरेको छ । गृह पाए रविको पार्टी पनि सरकारमा सहभागी हुने देखिएको छ । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफुसँगै राख्न चाहेको बताइएको छ । नेपाली काँग्रेसले गृह र अर्थमध्ये छानेर लिनेछ ।