काठमाडौँ । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका ढुंगेलले नेकपा एमाले निकट अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गर्दै विजयी भएका हुन् ।
त्यसैगरी राजधानीको अर्को ठूलो क्याम्पस पद्यकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योती पनेरु निर्वाचित भएकी छन् । उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गर्दै विजयी भएकी हुन् ।