Skip
आज :

स्ववियु चुनावः अखिल क्रान्तिकारी ३३ क्याम्पसमा निर्विरोध निर्वाचित, कुन कुन क्याम्पस ?

  • अनलाइन डबली

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव यही ५ गते हुँदैछ । आजबाट मौन अवधि पनि सुरु हुँदैछ । चुनाव हुनु पूर्व अखिल क्रान्तिकारीले ३३ क्याम्पसमा जित हासिल गरिसकेको छ ।

अखिल क्रान्तिकारीले दिएको जानकारी अनुसार बुधबार बैतडीको गोकुलेश्वर क्याम्पससहित देशभरका ३३ क्याम्पसमा उसले जित हालिस गरिसकेको छ ।

अखिल क्रान्तिकारीले विद्यालयहरुमा टीम परिचालन गरेको छ । विद्यार्थीबीच आफ्ना एजेण्डासहित नेताहरु गइरहेका छन् ।

निर्विरोध निर्वाचित हुनेमा अखिल क्रान्तिकारी पहिलो भएको छ । त्यस्तै नेकपा एमाले निकट अनेरास्ववियु २१ र नेविसंघ १३ क्याम्पसमा जित हासिल गरेका छन् ।

यस्तै, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले १ र नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुले एउटा क्याम्पसमा स्ववियु सभापति जितिसकेका छन् ।

अखिल क्रान्तिकारी निर्विरोध निर्वाचित क्याम्पसहरूः १) सन्तोष आचार्य- सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला २) किरण विश्वकर्मा- स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम ३) वीरभान भण्डारी- सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम
४) निराजन केसी- सितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम ५) मनसुर कार्की- चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु
६) अजय विष्ट- बन्गाड क्याम्पस, सल्यान ७) बरुण न्यौपाने- फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान ८) रनचन्द्र शाही- लिकु संयुक्त क्याम्पस, डोल्पा ९) जागेश्वर थापा- जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट १०) रन्जो श्रेष्ठ- गुराँस बहुमुखी क्याम्पस, बर्दिया ११) प्रभा पौडेल-चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी १२) विज्ञान दोर्जे बल, मरिण बहुमुखी क्याम्पस, सिन्धुलीमा अखिल क्रान्तिकारी विजयी भएको छ ।

त्यसैगरी १३) विनिता न्यौपाने- सुनकोसी क्याम्पस, सिन्धुली १४) गोविन्द पहाडी- शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली
१५) विष्णु पाण्डे- गोरखा क्याम्पस, गोरखा १६) लक्ष्मण घिसिङ- कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक १७) अमृत श्रेष्ठ – चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक १८) सीता तिमल्सिना- नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ
१९) पुष्कल श्रेष्ठ- पालुङ बहुमुखी क्याम्पस २०) चन्द्रहाङ लावती- रवि क्याम्पस, पाँचथर २१) सहयोग बहुमुखी क्याम्पस, काठमाडौं २२) एकराज वली- जनकल्याण बहुमुखी क्याम्पस, सल्यान २३) विष्णु गोराथोकी- पद्मोदय क्याम्पस, दाङ
२४) नरेश पुन मगर- झिमरुक बहुमुखी क्याम्पस, प्युठान २५) जयमान बुढा मगर- सिस्ने शिक्षा क्याम्पस, रुकुम (पूर्व)
२६) जीवन पौडेल- जनज्योति बहुमुखी क्याम्पस, गुल्मी २७) मोहन बस्नेत- बीपी कोइराला संस्कृत क्याम्पस, सोलुखुम्बु
२८) सिर्जना न्यौपाने- कुमरी नमुना बहुमुखी क्याम्पस, नुवाकोट २९) सरोज थापा- भाषा क्याम्पस, धनकुटा ३०) जीवन तिरुवा-बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं ३१) समिरजंग मल्ल- मार्क इन्टरनेशनल क्याम्पस, दाङ ३२) निर्मला बुढाथोकी- सिम्रुतु क्याम्पस, रुकुम र ३३) नविन विष्ट- गोकुलेश्वर कृषि तथा पशु विज्ञान, दार्चुला ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal