आज :

क्यान इन्फोटेक- २०२३ मा नेपाल टेलिकम र एनसेलको सिम सित्तैमा पाइने

  • अनलाइन डबली

काठमाडौं । भृकुटीमण्डप मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेक- २०२३ मा टेलिकम र एनसेलको सिम सित्तैमा पाइने भएको छ ।

इन्फोटेक मेलामा मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले निःशुल्क सिम वितरण गर्न थालेका छन् ।साथै मेलामा आएका अवलोकनकर्ताले स्टलबाट आफ्नो मोबाइलका लागि नि:शुल्क ई-सिम अपग्रेड गर्न पाउने कम्पनीले उल्लेख गरेका छन् ।

मेलामा टेलिकमले एनिभर्सरी अफर र एनसेलले हाेम एन्ड अवे डेटा प्याकेजबारे जानकारी दिइरहेकाे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।

क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ ।

यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे ३ लाखले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal