आज :

बैंकहरुको चर्को ब्याजका कारण आफुहरु प्रतक्ष् मारमा परेको भन्दै ब्यबसायीले गरे बिरोध र्याली

  • अनलाइन डबली

काठमाडौँ । बैंकहरुको चर्को ब्याजका कारण आफुहरु प्रतक्ष् मारमा परेको भन्दै संघिय राजधानी काठमाडौँको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको नयाँ सडक ( न्युरोड ) क्षेत्रका ब्यबसायी आन्दोलित बनेका छन् । उनीहरुले महाभुकम्प, कोरोना माहामारी, अन्तराष्ट्रिय आर्थिक मन्दी जस्तो अवस्थामा पनि सरकार तथा सम्बन्धित निकायको जिम्मेवारीपूर्ण नीति र  व्यवहारका कारण देशको अर्थतना तहस नहस भई संकटग्रस्त बनेको अवस्था समेत चर्को ब्याज तिर्ने पर्ने बाध्यता बनाएको आरोप लागाए ।  देशको अर्थतन्त्र चलाउने निकायले सीमित घेरा भित्र रहेको समूहको स्वार्थमा केन्द्रित रहेर काम गर्नाले निम्न तथा मध्म ब्यबसायीले बैंकको ब्याज समेत तर्ने नसक्ने अवस्थ सिर्जना भएको ब्य्बासायिको भनाइ छ ।

चर्को ब्याजका कारण प्रत्यक्ष मार भने साना तथा मझौला आदेशमा उद्योग धन्दा बन्द हुने र रोजगारी गुम्न पुगी वैदेशिक रोजगारीमा श्रम बेच्नु परेको  व्यवसायीको गुनासो छ  ।  बैंक तथा वित्तिय क्षेत्रको अव्यवहारिक गलत नीति , निजी स्वार्थका कारण सरकारले दीर्घकालिन उत्पादनमुखी नदिनु एवम मुलुकमा रहेका राजनैतिक दलहरुको गैर जिम्मेवारीपूर्ण कार्य शैलीलाइ यसको जिम्मेवारकालागि दोषी रहेको ब्यबसायीले देखाए ।

आन्दोलनमा रहेका ब्यबसायीले सरकार समक्ष नौ बुदेमाग अगाडी सारेका छन्  ।

१ ) बैंकिंग ब्याजदर १ अंकमा कायम गर्नु पर्ने  ।

२) व्याजदरमा एकरुपता कायम गर्नुपर्ने  ।

३) अवस्था सामान्य नहुन्जेल धितो लिलामी बन्द गर्नु पर्ने ।

४) सहुलियत कर्जा १५ लाख बाट २५ लाख सम्म कायम गर्नु पर्ने ।

५ )   ब्याज प्रेड दर बढीमा २ % कायम गर्नु पर्ने ।

६) बैंक तथा वितिय क्षेत्रले गर्ने लगानीको कम्तिमा ५० % साना तथा मझौला व्यवसाथिमा गर्नु पर्ने ।

७) कर्जा सेवा शुल्क २५ % भित्र कायम गर्नु पर्ने ।

८) ओभरफटलाई सहज र सरलिकरण गराऊनु पर्ने  ।

९) संकटग्रस्त व्यवीको पहिचान गरी आर्थिक राहत प्याज प्रदान गर्नु पर्ने  ।

माथि उल्लेखित मागहरु सम्बोधन नभए थप संधर्षका कार्यक्रम सहित  बैंक तथा वित्तिय संस्थासँगको आर्थिक कारोबार बन्द गरी  आफुहरुको उद्योग , पसल एवम् व्यवसायिक प्रतिष्ठानका तालाचाबी सरकार र सम्बन्धित निकायलाई बुझाउने ब्यबसायीहरुको भनाइ रहेको छ । चर्को बैंक ब्याजदर,लघुवित्त र मिटर ब्याजका विरुद्ध आज फागुन ५ गते देशब्यापी रुपमा विरोध प्रदर्शनमा गरिरहेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ , नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,  ढुवानी व्यवसायी महासंघ नेपाल ,  नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ , नेपाल मोबाइल व्यवसायी महासंघ,  ग्रिल तथा स्टिल व्यवसायी महासंघ,  नेपाल सार्वजनिक यातायात केन्द्रित महासंघ,  होटल व्यवसायी महासंघले एक्यबद्दतामा ब्यबसायीहरुले विभिन्न प्लेकार्ड सहित र्याली निकालेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal