सुनको मूल्य आज बिहिबार प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।आज चाँदी प्रतितोला १२ सय ८४ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।