आज :

स्ववियु घोषणापत्र लेख्न क्रान्तिकारीले गर्यो सुझाव संकलन्

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी)ले आगामी स्ववियु चुनावलाई लक्षित गर्दै घोषणापत्र लेख्न सुझाव संकलन गरेको छ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्यापसमा सबै संकायका उपत्यकाका विद्यार्थीहरुलाई बोलाएर घोषणापत्रमा समेट्ने विषयका सुझाव लिएको हो ।

आगामी चैत ५ गतेको स्ववियु चुनावलाई लक्षित गर्दै घोषणापत्रमा समेट्ने विषयमा सुझाव लिएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए । ‘विद्यार्थी संगठन र स्ववियु शिक्षाका मुद्दाबाट टाढिएको भन्ने गुनासो धेरै आयो । हामीले कुन कुन मुद्दा उठाउनुपर्छ भन्ने के के काम गर्नुपर्छ भन्ने विषयमा सबै विद्यार्थीको सुझाव लियौँ’ रातोपाटीसँग कुरा गर्दै एमसीले भने, ‘सबै विद्यार्थी साथीहरुले रचनात्मक सुझाव दिनु भएको छ । हामीले ती सबै मुद्दालाई समेट्ने प्रयत्न गर्ने छौं ।’

हरेक क्याम्पसमा स्ववियुलाई प्रभावकारी बनाउन विद्यार्थीहरुसँग सुझाव लिएको एमसीले बताए । विद्यार्थी आन्दोलन र स्ववियुलाई फरक ढंगले लग्न नसेमा अस्तित्व नै संकट आउने देखिएपछि सबैपक्षसँग सुझाव लिन प्रयत्न गरिएको बताए ।

स्ववियु चुनावको घोषणापत्रमा समेट्ने विषयमा प्राध्यापक, विषय विज्ञ लगायतसँग छलफल गरेर सुझाव लिने तयारी गरिएको एमसीले बताए । अखिल क्रान्तिकारीले पहिलो पटक घोषणापत्रमा समेट्ने विषयमा सुझाव लिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal