आज :

बैंकहरुले सेयर धितो कर्जालाई पुनरसंरचना गर्न नपाउने

  • अनलाइन डबली

काठमाडौं । बैंकहरुले सेयर धितो कर्जालाई पुनरसंरचना गर्न नपाउने भएको छ ।नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्था, कर्जा प्रवाह तथा व्यवस्थापनका लागि एकीकृत निर्देशन, २०७९ जारी गर्दै मार्जिन लेन्डिङ प्रकृतिका कर्जालाई पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न रोक लगाएको हो ।

कर्जा प्रवाह, वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था गर्दै केन्द्रीय बैंकले निर्देशनको अनुच्छेद ९ को छ मा ‘सेयरको धितोमा प्रदान गरेको कर्जालाई पुनरसंरचना वा पुनरतालिकीकरण गर्न पाइने छैन’ भनिएको छ ।तर, अन्य व्यसायिक तथा औद्योगिक कर्जामा भने प्रकृति हेरी व्यवसाय तथा परियोजनाको प्रकृति अनुसार प्रोजेक्ट रिपोर्ट हेरी ग्रेस अवधि थप्न सकिने र त्यस्तो कर्जालाई पुनरसंरचना तथा पुनरतालिकीकरणमा गणना गरिने जनाएको छ ।

अघिल्लो हप्ता मात्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको राष्ट्र बैंकले बैंक ब्याजदर करिडोरलाई यथावत राख्दै मार्जिन लेन्डिङको १२ करोडको सीमा समेत यथावत राखेको थियो । जसले गर्दा धितोपत्र लगानीकर्ताहरु सेयर बजारप्रति राष्ट्र बैंक अनुदार भएको भन्दै विरोध जनाइरहेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal