आज :

अमेरिका र जर्मनीले युक्रेनलाई लडाकु विमान नदिने भनेपछि जेलेन्स्की थप तनावमा

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पटकपटक माग गरेको एफ–१६ लडाकु विमान नदिने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा त्यस्ता विमान पठाउने सम्भावना नरहेको बताएका छन् ।

बीबीसीका अनुसार एक सञ्चारकर्मीले के अमेरिकाले युक्रेनलाई ती विमानहरू उपलब्ध गराउँछ भनेर प्रश्न गर्दा बाइडनले भने, “होइन ।”

यसअघि जर्मनीले पनि युक्रेनलाई लडाकु विमान पठाउन अस्वीकार गरेको थियो । त्यसको एक दिनपछि अमेरिकी राष्ट्रपतिले पनि नदिने बताएसँगै जेलेन्स्की थप चिन्तामा परेका छन् । उनले रुससँग युद्ध जित्नको लागि त्यस्ता लडाकु विमान आफूहरुलाई अनिवार्य भएको बताउँदै आएका थिए ।

युक्रेनमाथि रुसको सैन्य कारवाहीको सुरुदेखि नै जेलेन्स्कीले त्यस्ता लडाकु विमान र लामो दूरीका क्षेप्यास्त्र माग्दै आएका छन् । तर, दुबै दिन अमेरिकाले अस्वीकार गर्दै आएको छ । रुसले आफ्नो भूमिसम्म मार क्षमता भएका हतियार दिए सिधा युद्धको चेतावनी दिँदै आएको छ । उक्त चेतावनीकै कारण अमेरिका र युक्रेनका सहयोग अन्य देशहरुले त्यस्ता हतियार दिन सकेका छैनन् ।

युक्रेनले अमेरिका र पश्चिमा देशहरूसँग किन सयौँ नयाँ ट्याङ्क मागेका थिए । अमेरिका र जर्मनीले थप ट्यांक त पठाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । जर्मनीले लेपर्ड टू र अमेरिकाले ३१ वटा एब्रम्स एमवन ट्याङ्क दिने घोषणा गरेका थिए ।

युक्रेनमा माग गरेको ‘एफ–१६ फाइटिङ फाल्कन’ लाई विश्वको सबैभन्दा भरपर्दो लडाकु विमानमध्ये एक मानिन्छ । यो विमान बेल्जियम र पाकिस्तानजस्ता देशहरूले प्रयोग गर्छन् ।

युक्रेनले हाल सोभियत युगका लडाकु जेट विमानहरू प्रयोग गरिरहेका छन् । ३० वर्षभन्दा पहिले सोभियत संघले नै निर्माण गरेका विमानको साहरा युक्रेनले लगिरहेको छ । तर, रुसले पछिल्लो प्रविधिसहितको विमान प्रयोग गरिरहेको छ ।

यसैबीच जर्मनीले युक्रेनलाई भर्खरै लेपर्ड–टू ट्याङ्क पठाउने प्रतिबद्धता व्यक्त भइसकेकाले अन्य सैन्य सहायता पठाउने विषयबारे छलफलको अर्थ नरहेको बताएका छन् । त्यसअघि युक्रेनका उपविदेशमन्त्री आन्द्री मेल्निकले सहयोगी राष्ट्रहरूलाई लडाकु विमानका लागि पनि गठबन्धन बनाउन आग्रह गरेका थिए ।

ट्यांक दिने घोषणासँगै खुशी भएका युक्रेनका राष्ट्रपति जेलेन्स्की पछिल्लो भनाईबाट थप तनावमा रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal