Skip
आज :

काठमाडौं महानगरपालिकाकी उपप्रमुखलाई सामाजिक अभियन्ता समूहबाट प्रसंशा पत्र प्रदान 

  • अनलाइन डबली

काठमाडौँ ।  सामाजिक अभियन्ता समूह सेभ नेपा: भ्याली समुहले काठमाण्डौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोललाइ प्रसंशापत्रसहित सम्मान गरेको छ ।

नेवा: समुदायको हक-अधिकार, कला साहित्य, सम्पदा संरक्षन, नेपालभाषा र नेपाललिपीको उत्थानमा पुर्याउनु भएको अतुलनिय योगदानलाई कदर गरे बापत उप-प्रमुख सुनिता डंगोललाइ सो समुहले बुधबार  उहाँकै कार्यकक्षमा गएर प्रशंसापत्र प्रदान गरेको हो ।

हालैको स्थानीय सरकारको चुनावमा काठमाडौं महानगरपालिकाको उप प्रमुख जस्तो गरिमामय पदमा अत्याधिक मतले जीत हासिल पश्चात उहाँले राष्ट्रभाषा तथा मातृभाषा, नेपालभाषामा शपथ लिनु भएको थियो ।  सो भेटघाटको समयमा काठमाडौं महानगरपालिका सम्बन्धित हरेक कार्यहरुमा यस समुहको सकारात्मक सहभागिता रहने र गलत कार्यको सचेतक पनि हुने कुराको जिकिर गर्दै उहाँलाई आफ्नो कर्तव्यमा सधै स्वतन्त्र, निष्पक्ष, सक्षम र कुशल एवं ईमानदारितापूर्वक निर्वाह गर्न सफलताको पनि कामना गरेका छन् ।

सेभ नेपा: भ्याली समुह  सचेत आन्दोलनका रुपमा नेवा युवाहरुको समूह मिली सन् २०१७ मा शुरु गरिएको अभियान हो। विशेषत गरि नेपालमण्डल भित्रका स्थानीय नेवा: आदिवासीहरुले राज्यको तर्फबाट भोग्नु परेका धेरै विभेदकारी नीतिहरु बिरुद्ध आम नेवा: समुदाय लगायतका स्थानीय अन्य समुदायहरु बीच सचेतना जागृत गर्ने उदेश्य सहित समुदायका विभिन्न स्थानमा  चेतनामुलक कार्यक्रमहरु गर्दै आएका छन् ।

नेपालमण्डल भित्रका गैर न्यायिक सडक विस्तार बिरुद्ध, बाहिरी चक्रपथ निर्माण बिरुद्ध, रानीपोखरी मौलिक पुनर्निर्माण संघर्ष, सप्तपाताल पोखरी पुनर्निर्माण, खोकना द्रुतमार्ग बिरुद्ध, स्थानीय तहमा नेपालभाषा पाठ्यक्रमको व्यवस्थापन, साँस्कृतिक संरक्षन क्षेत्रहरुको पहिचान र निर्माण तथा घोषणा, आदिवासी हक-अधिकार र नेपालका आदिवासीहरुको संबैधानिक अवस्थागत बिषयक कार्यक्रम, जग्गा दलाली पोस्ने हेतु ( Land pulling) प्रणालीमा नेवा भुमि अधिग्रहण बिरुद्ध, उपत्यका भित्र अनावश्यक नयाँ शहरीकरण (Satellite/Smart cities) सहितको योजना बिरुद्ध, सम्पदाहरुको मौलिक संरक्षन नीति, गुठी विद्ययकबिरुद्धको आन्दोलन आदि कार्यहरुमा सक्रिय भिमिकामा उभिदै आएको छ ।

नेवा: युवा पुस्तालाई अगाडी ल्याई उद्यमशीलता विकास, नेपालभाषा र नेपाल लिपी उत्थान, खोसिएका सम्पदा हरुको पुनर्निर्माण लगायतका उद्देश सहित अगाडी जाने योजनाहरु छन्। यहि उद्देशका लागी स्थानीय सरकारसंग समन्वय भुमिका, सहकार्य नीति पनि यस अभियानले लिंदै अगाडी बढ्ने यस अभियानको योजना रहेको समूह आवद्द अभियन्ताको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal