आज :

मोरङका उद्योगीद्वारा व्याज घटाउन राष्ट्र बैंकको गेटमा धर्ना

  • अनलाइन डबली

काठमाडौं । बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् ।

उनीहरुले सोमबार बिहानैदेखि धर्ना दिएका हुन् । उद्योगीको धर्नाका कारण राष्ट्र बैंकका कर्मचारी बाटोमै रोकिएका छन् । गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । सोमबार बिहान ९ बजेदेखि धर्ना सुरु गरेका उनीहरुले बेलुका ४ बजेसम्म धर्ना दिने तयारी गरेका छन् ।

बैंकको चर्को ब्याजदर घटाउन माग गर्दै बिहीबारयता उद्योगी व्यावसायीले निरन्तर आन्दोलन गरिरहेका छन् ।आन्दोलनकै क्रममा उनीहरुले सोमबार राष्ट्र बैंकको प्रवेशद्वारका लागि धर्ना दिएका हुन् । सडक छेकेर उद्योगी व्यावसायीले धर्ना दिएपछि बैंकका कर्मचारी बाहिरै रोकिए ।

बैंकको ब्याजदर घटाउन माग गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ सहित तीन दर्जन बढी संघसंस्थाले बिहीबारदेखि आन्दोलन गरिरहेका छन् ।

एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको माग छ । पछिल्लो समय बैंकको ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको गुनासो छ । स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal