काठमाडौं । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज डलरको मुल्य बढेको छ ।
राष्ट्र बैंक अनुसार आज डलरको खरिददर १३० रूपैयाँ ५७ पैसा र बिक्री दर १३१ रूपैयाँ १७ पैसा रहेको छ। हिजो डलरको खरिददर बिक्री दर क्रमशः १२९ रुपैयाँ ८२ पैसा र १३० रुपैयाँ ४२ पैसा रहेको थियो ।
यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
युरो एकको खरिद दर १३७ रूपैयाँ ८७ पैसा र बिक्री दर १३८ रूपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हिजो युरो एकको खरिद दर र बिक्री दर क्रमशः १३६ रुपैयाँ ८३ पैसा र १३७ रुपैयाँ ४६ पैसा रहेको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४१ पैसा र बिक्री दर १६१ रूपैयाँ १५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९८ पैसा र बिक्री दर ८९ रुपैयाँ ३९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा, सिंगापुरे डलर एकको खरिददर ९६ रुपैयाँ ८२ पैसा र विक्री दर ९७ रुपैयाँ २६ पैसा रहेको छ।
तस्बिर..