आज :

कपिलवस्तुमा एक जनामाथि गोली प्रहार, गम्भीर अवस्थामा अस्पताल पुर्याएका घाइतेबारे खुल्यो यस्तो रहस्य

  • अनलाइन डबली

बुटवल । कपिलवस्तुमा एक जनामाथि अज्ञात समुहले गो’ली प्रहार गरेको छ। गोली लागि गम्भीर हाइते भएका व्यक्ति भारतीय नागरिक रहेको खुलासा भएको छ ।

बिहीबार साँझ मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा ३५ वर्षीय भारतीय नागरिक ईरसाद खानमाथि गो’ली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चाकरचौडास्थित एक होटलमा रहेका खानमाथि अज्ञात समुहले गोली प्रहार गरेको जानकारी दिए।

गोली प्रहारबाट घाइते भएका खानलाई उपचारको लागि भारतको गोरखपुर लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि नौगढ लगिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।

उनका अनुसार खान चाकरचौडासँग सीमा जोडिएको भारतको सिद्धार्थनगरको अलिगढवाका बासिन्दा हुन्। खानको काँध र कम्मरमा गोली लागेको छ।

प्रमुख जिल्ला अधिकारी मिश्रले गोली प्रहारको घटनापछि भारतीय प्रहरीसँग समन्वय यस घटनामा संलग्न समुहको खोजी गरिरहेको बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal