आज :

सुकुम्बासी बस्ती हटाउन गएका महानगर प्रहरीलाई नेपाल प्रहरीले असहयोग गरेको आरोप

  • अनलाइन डबली

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको वडाध्यक्षहरुले महानगरपालिकाले वागमती नदी किनाराका सुकुम्बासी बस्ती हटाउन गएका महानगर प्रहरीलाई नेपाल प्रहरीले असहयोग गरेको आरोप लगाएका छन् ।

सोमबार थापाथलीको सुकुम्बासी बस्तीमा भएको घटनाको समीक्षा गर्न बसेको वडाका वडा अध्क्षयहरुले बैठकमा नेपाल प्रहरीले सहयोग नगरेको आरोप लगाएका हुन्  । बैठकमा महानगरका  प्रमुख बालेंन साहले सरकारको आलोचना गर्दै सुरक्षाकर्मीले सहयोग नगरेका कारण सुकुम्बासी बस्ती खालि गराउन नसकेको बताउनुभयो ।

अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आग्रहकमा सोमबार दिउँसो महानगरको टोली थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्न जाँदा सुकुम्बासी र प्रहरीबीच झडप हुँदा महानगरका ३६ प्रहरी घाइते भएका थिए ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले बिना तयारी महानगरको प्रहरीलाई सुकुम्बासी बस्ती खाली गर्न आग्रह गरेको र सोही आधारमा कामपा प्रहरी खटिएका कारण क्षति भएको कामपाको भनाइ छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal