आज :

झलनाथ खनाल पछाडि, सुवास नेम्वाङ अगाडी, यस्तो आयो इलाम-१ र २ को ताजा अपडेट

  • अनलाइन डबली

इलाम । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्।

विहीबार साँझदेखि सुचारु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् । बस्नेतले ११ हजार ३ सय ९४ मत पाउँदा खनालले ९ हजार ८ सय ४८ मत ल्‍याएका छन् ।

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ । मतगणना सूर्योदय नगरपालिकको सभाहलमा भइरहेको छ ।

यस्तै इलामको क्षेत्र नम्बर २ मा संविधानसभा अध्यक्षसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले अग्रता कायम राखेका छन् ।

यो समाचार तयार पार्दासम्म नेम्बाङले १९ हजार एक सय १२ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्काले १७ हजार ४१० मत पाएका छन् ।

यस क्षेत्रमा दुई स्वतन्त्रसहित १४ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ ।

यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दै जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३१८ मत पाएका छन् । मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले पछि पारेका थिए ।

यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो तर उनी समानुपातिकमा बसेपछि पन्तले टिकट पाएका हुन् ।

पन्त सुरुमा प्रदेश सभा (२) बाट सिफारिस भएका थिए । उनी प्रतिनिधि सभाका लागि उम्मेदवार भएपछि प्रकाश देउवालाई उम्मेदवार भए । र, देउवा पनि एमालेका दुर्गाप्रसाद जोशीलाई पराजित गर्दै विजयी भइसकेका छन् ।

कैलाली ५ मा कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ८३४९ मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ७४६० मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इश्वरी विष्ट पार्टीले ३४०४ मत ल्याइन् ।

त्यस्तै उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका छन् । उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई पराजित गरे ।

अन्तिम मत परिणाम अनुसार किरातीले १५ हजार ९२ मत ल्याउँदा बस्नतेले १३ हजार ८४९ मत प्राप्त गरे । राप्रपाका सुभाषचन्द्र खड्का २ हजार ६७९ मत पाएर तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal