
मकवानपुर । मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह विजयी भएका छन्। मतगणनाको अन्तिममा परिणाम उल्ट्याएर सिंह विजयी भएका हुन्।
सुरूमा तेस्रो स्थानमा रहेका सिंहले अन्तिम परिणाम २७८१६ मत पाए भने पहिलेदेखि अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्यायले २५४३४ मत पाइन्।
एमालेको चुनाव चिन्हबाट लडेका कमल थापाले २५४२० मत पाएका छन्। सिंह गत स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार बनेका थिए।
राप्रपाले यसअघि बाँके-२ र जुम्लाबाट प्रतिनिधि सभा सदस्य जितेको छ। उता प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहराले मतान्तर घटाउँदै लगेका छन्।
सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २०,७७९ मत ल्याएका छन् बोहराले २०,७११ मत ल्याएका छन्। उनीहरूबीच ६८ मतान्तर छ।
बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ। अहिलेसम्म ३७ हजार ६ सय २१ मत गणना भएको छ।