
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुईजना उम्मेदवारले अग्रता लिएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भगत बहादुर बडुवालले कैलाली-२ मा माओवादी केन्द्रका अग्रता लिएका छन् । सुरुमा अग्रता लिएका नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीलाई पछि पार्दै बडुवालले अग्रता लिएका हुन् । त्यस्तै नेकपा एमालेका झपट बहादुर साउदले पनि चौधरीलाई पछि पारेका छन् ।
विहान विहानसम्म आउँदा बडुवालले ७ हजार मत पाएका छन् भने उनलाई एमालेका रावलले पछाइरहेका छन् । नागरिक उन्मुक्तिका चौधरी भने तेस्रोमा झरेका छन् ।
त्यसैगरी बैतडीकाे प्रतिनिधिसभामा पनि माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । सुरुमा पछि परेका माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले बुधबार रातिबाट अग्रता लिएका छन् ।
विहीबार विहानसम्म आउँदा कुँवरले १७ हजार ९६१ मत पाएका छन् भने एमालेका दामोदर भण्डारीले १६ हजार ३९३ मत पाएका छन् । बैतडीमा स्तवन्त्र उम्मेदवारी दिएका केशवबहादुर चन्द ८१४ मत मात्रै पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका देवबहादुर चन्दले ८०४ मत पाएका छन् ।
यसैबीच दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा(एकीकृत समाजवादी) का अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । सार्वजनिक भएकाे मतपरिणाम अनुसार थापाले १८ हजार दुई सय ५६ मतले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीद्रराज शर्माले १७ हजार चार सय सात मत प्राप्त गरे ।
विसं २०७४ प्रदेशसभामा विजयी भएका थापाले यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विसं २०७४ को निर्वाचनमा थापाले नेपाली कांग्रेसका जगजंग थापालाई पराजित गरेका थिए ।
प्रतिनिधिसभा सदस्यमा ४० हजार तीन सय ८७ मत खसेको थियो । कूल मतमध्ये १६ सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।