काठमाडौं । काठमाडौं ८ को प्रतिनिधि सभा निर्वाचनमा पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ( घन्टी ) का विराजभक्त श्रेष्ठले अग्रता कायेम गरेको छ । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । काठमाडौँ ८ नं क्षेत्रको १३ वडाको मत गणना भइरहेकोमा विराजले ६११ मत ल्याउँदा सुमनले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका नेता एवं मन्त्री जीवनराम श्रेष्ठले २२१ मत पाएका छन् । त्यस्तै राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।
यस वडामा ३० हजार ९५८ मत खसेको छ ।